रुपन्देही १ चैत्र- जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले पछिल्लो तिन महिनायता सुरक्षित यात्रा गराउन जोड दिन गाउँ गाउँमा सचेतना अभियान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालयले पाल्पा जिल्लाका दुर्गम गाउँदेखि राजमार्ग, ग्रामीण सडक किनाराका बस्ती, विद्यालय, आमासमूहमा गएर सचेतनो कार्यक्रम सञ्चालन गरेको हो । केहीदिन अघि मात्रै रामपुर यातायात व्यवसायी समितिको टेक्टर उपसमितिले आयोजना गरेको कार्यक्रममा सयौ सहभागीता रहेको थियो । रामपुरमा आयोजित कार्यक्रममा रामपुर यातायात व्यवसायी समितिसँग आवद्ध व्यवसायी धनी, रामपुरका राजनीतिक दलका नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, सर्वसाधारणसमेत ३ सयको उपस्थिति रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविन आचार्यले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम अर्यालले ट्राफिक सचेतना अभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा ट्राफिक र जिल्ला प्रहरीको संयुक्त आयोजनामा गाउँ र सहरका विद्यालय, क्लब, आमा समूह, संघसंस्थामा गएर सचेतना कार्यक्रम चलाएको हो । जिल्ला प्रहरी कार्यालयले विगतमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो । अहिले पुन यो अभियानलाई ट्राफिक प्रहरीसँगको सहकार्यमा निरन्तरता दिएको जनाएको छ । विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुलाई सचेतना कक्षा सञ्चालन गर्ने गरेको छ । ट्राफिक प्रहरीले पछिल्ला दिनमा विभिन्न स्थानमा पुगेर सचेतना कक्षा सञ्चालन गरेपछि दुर्घटना कमी हुनुका साथै छतमा यात्रा रोकिएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा ट्राफिक नियम, छतयात्रा, दुर्घटना जोखिम, न्यूनिकरणका उपाय, जवरजस्ति करणी, लागु औषध तथा महिला हिँसा सबन्धी सचेतना गराइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक प्रविण आचार्यले बताउनुभयो । पाल्पामा दक्षिणभेग गोठादी, झडेवा, मित्यालको गौरीशंकर उच्च मावि, मित्यालकै सर्वसाधारण, रामपुरको केलादीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामपुर बजारमासमेत टाफिक सचेतना दिइएको छ भने पश्चिम भेगको सर्देवाको आमासमूह र विद्यालयमा समेत सचतना अभियान चलाइएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यलय र ट्रार्फिक प्रहरीको सक्रियतामा ट्राफिक व्यवस्थापन, दुर्घटना न्युनिकरणमा प्रहरीको सक्रियता लगायतका विषयमा जानकारी गराउने गरिएको छ । साउनदेखि फागुनसम्म २२वटा दुर्घटना भएको छ भने १८ जनाको मृत्यु भएको छ । प्रहरीले १० हजार ७ सय सवारी साधन कारबाहीमा परेर ३७ लाख ४२ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
(भिडियो हेर्नुस ) !

WATCH VIDEO

0 comments Blogger 0 Facebook

Post a Comment

 
dainik nepali khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top