वैदेशिक रोजगारीका साउदी अरब पुगेका तेह्रथुम जिरीखिम्तीका ४१ वर्षीय नारायण भट्टराई ९ वर्षपछि केही सम्पत्ति कमाएर गत महिना नेपाल फर्किए। तेह्रथुमबाट राजधानी आएर भक्तपुरको ठिमीमा सानो चिया पसल चलाएर श्रीमती बसिरहेकी थिइन्। श्रीमतीले चलाइरहेको चिया पसललाई विस्तार गरेर व्यवसायी बन्ने सोचका साथ उनी राम्रो कमाइ भइरहेको साउदीको भिसा क्यान्सिल गरेर स्वदेश फर्किए। ९ वर्षको अवधिमा ४ पटक नेपाल आएका उनले श्रीमतीमा केही परिवर्तन भएको आभास पाए। उनले जति सम्पत्ति कमाएपनि उनले श्रीमतीको मुहारमा खुसी देखेनन्। ‘म नेपाल आएकोमा श्रीमती खुसी थिईनन्,’ उनले सेतोपाटीसँग भने, ‘मैले काम छोडेर आएकाले उनी रिसाइन होला भन्ने सोचेँ। आएको दिन उनी मसँग सुत्नसमेत मानिनन् छोरीलाई लिएर अर्को रुममा गएर सुतिन।’
भिडियो हेर्नुस!

WATCH VIDEO

उनलाई केही डिप्रेसन भयो कि भन्दै उपचार गराउन चिकित्सकसमक्ष लैजानुपर्ने उनले सोच्दै बसे। भोलिपल्ट भट्टराई उठ्नुभन्दा पहिल्यै श्रीमती घरमा थिईनन्। १२ वर्षकी कान्छी छोरी मात्र घरमा थिईन्। ३ छोरी भएपनि जेठी छोरी अपाङ्ग भएकाले पुर्नस्थापना गृहमा छिन्। माइली छोरी १५ वर्षको उमेरमा नै विवाह गरेर गइसकेकी थिइन्। आफूलाई अत्तोपत्तो नदिई श्रीमती हराएपछि उनले आफन्तकहाँ फोन गरे। ससुरालीमा पनि खबर गरे। तर कतैबाट पत्तो पाउन सकेनन्। घरमा श्रीमतीले लगाउने कपडा पनि थिएन। सकि नसकि किनिदिएका गरगहनाहरुपनि दराजमा थिएनन्। विदेशबाट आएकै भोलिपल्ट श्रीमती हराएपछि उनले प्रहरीमा पनि खबर गरे। १२ वर्षको छोरीलाई समेत थाहै नदिइ हराएपछि ठिमी छाडेर तेह्रथुम जाने सोच बनाए। छोरीहरुको जन्मदर्ता खोज्ने क्रममा त्यहा एउटा कागजको टुक्रा भेटे।

 कागजमा इमेल आइडी र पासवर्ड थियो। एबीसिडी मात्र जानेकी श्रीमतीले किन इमेल आइडी बनाइन् भन्ने शंकाले उनको मन खेल्यो। त्यसपछि त्यो इमेल आइडी लिएर भट्टराई महानगरीय प्रहरी अपराध महाशाखामा पुगे। प्रहरीले सो इमेल र पासवर्ड हानेर फेसबुक खोल्यो। फेसबुकमा भएका च्याटले भट्टराइको श्रीमतीको अर्कै युवकसँग प्रेम भएको पत्ता लगायो। त्यो युवकको बारेमा प्रहरीले अनुसन्धान सुरु गर्यो। उनलाई नियन्त्रणमा लियो। उनकै सहारामा प्रहरीले २७ दिनदेखि हराइरहेकी भट्टराईको श्रीमतीलाई समेत महाशाखामा ल्यायो। भट्टराइको नाता पर्ने बहिनीसँग तिहारमा टिका लगाएका ठिमीका एलिस श्रेष्ठले नै भाउजु भाउजु भन्दै उनका श्रीमतीलाई मायाजालमा पारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। विदेशबाट पठाएको ३० लाख रुपैयाँ पनि ती महिला प्रयोग गरेर श्रेष्ठले ठगी गरेको प्रहरीले बताएको छ। भट्टराईले तीन-तीन महिनामा १ लाख पठाउने गरेको बताए। ‘श्रीमतीलाई नै खुसीका साथ पाल्न अरबमा पसिना बगाउन गएको थिए, घर आउँदा न सम्पत्ति छ न श्रीमती’, उनले रुदैँ भने, ‘म न घर न घाटको भए।’ यस्ता प्रकारका मुद्दामा के गर्ने भनेर महाशाखा अहिले अन्यौलमा छ। पीडितलाई कसरी न्याय दिने भन्ने विषयमा सोचिरहेको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले भने। प्रहरीसमक्ष भट्टराइकी श्रीमती र एलिसले आफूहरुवीच प्रेम भएको स्वीकार गरेका छन्। अनलाइन साझा खबरबाट
Want to study in Australia? We're not surprised! It's one of the world's most popular study destinations, and it's not difficult to understand why...

Healthy for identifying that it is now time to buy a home. Financial loans are perfect just in case your credit is nice costs weren't better, along with your purchase today pays off hugely next few years. Buying a house now, or buying and selling in rental characteristics is by using without doubt, a wise financial decision. Right here are a handful of ideas to ensure that the buying experience is smooth and excellent.


Before you decide to devote any offer, ensure to acquire your financing guaranteed. Getting pre qualified will generate a considerably more effective position to barter and may make sure that you can to seal inside your purchase rapidly. Pre qualified customers are frequently taken more seriously, that is essential whenever you uncover the very best cost for your perfect house.

Furthermore, make sure that you simply perform some loan shopping prior to deciding to pick one loan company. Bear in mind that stipulations vary broadly, and you've got to check rates and charges well just before you creating a deal. Once you are prepared to near the coast you buy the car, it's too far gone to acquire a new loan company when rates are better else where. So shop the borrowed funds first!


0 comments Blogger 0 Facebook

Post a Comment

 
dainik nepali khabar © 2013. All Rights Reserved. Powered by Blogger
Top